Comments Add Comment

नारायणी क्षेत्रीय अस्पतालबाटै हरायो नवजात शिशु

२१ माघ, काठमाडौं । वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पताल परिसरबाटै नवजात एक शिशुको चोरी भएको छ ।

वीरगन्ज उपमहानगरपालि छपकैया-१ निवासी आशादेवी पासवानको जन्मिएको शिशु हराएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (डीएसपी) चक्रराज जोशीका अनुसा आशादेवी आफ्नी सासुसहित विहान अस्पताल पुगेकी थिइन् । शिशु जन्मेको केही समय पश्चात्त नजिकै रहेकी एक महिलालाई केही समयको लागि शिशु जिम्मा लगाई उनी सामान किन्न बाहिर गएकी थिइन् ।

सामान किनेर फर्किदा शिशु र महिला दुवै भेटिएन । अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि अभिभावक र गाँउलेहरुले प्रदर्शन गरेका छन् र अस्पतालका नर्स र डाक्टरहरुको मिलोमतोमै बच्चा चोरी भएको आरोप लगाएका छन् ।

तर अस्पताल प्रशासनको भने शिशु हराउनुमा अभिभावकको लापरबाही भएको बताएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरिले पनि केही हदसम्म परिवारबाटै लापरवाही भएको बताएको छ ।

अस्पताल परिषरमा ७ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि सबै बिग्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment