Comments Add Comment

नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरिएको बच्चा दुई दिनपछि भेटियो

२३ माघ, पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु तीन दिनपछि भेटिएको छ ।

वीरगन्ज उपमहानगरपालिका-१ छपकैयाकी आशादेवी र मुकेश पासवानको बच्चा अस्पतालको शय्याबाटै गत शुक्रबार चोरी भएको थियो ।

उक्त बच्चा पर्साको बेल्वा-९ की लालसादेवी साहको साथबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि लालसादेवीलाई पक्राउ गरेको छ ।

बच्चालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराइरहेको प्रहरी उपरीक्षक गोविन्द शाहले जानकारी दिए ।

प्रहरी उपरीक्षक शाह नेतृत्वको टोलीले नै शिशुको उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment