Comments Add Comment

आइफोनमा पनि चल्न थाल्यो फोर-जी (तरिकासहित)


२५ माघ, काठमाडौं । नेपाल टेलिकमलेको फोर-जी सेवा आइफोनका सबै सिरिजमा चल्न थालेको छ । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हु सकेको थिएन ।

अब आइफोनका सबै सिरिजमा फोरजी चलाउन सकिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । गत जनवरी १ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेडमा फोरजी सुरु भएको थियो । माघ २२ गतेदेखि यि ठाउँमा पि्रपेड ग्राहकले पनि फोरजी चलाउन पाएका छन् ।

टेकिकमले एप्पलसँग सम्झौता गरेर समस्या सुल्झाएको छ । एप्पलसँग सम्झौता भएएकाले अब आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले बताएको छ ।

कसरी नेटवर्क सेटिङ गर्ने?
  • त्यहाँ भएको निर्देशन अनुसार फोनको ब्याकअप लिएर प्रोफाइल डाउनलोड गर्नुस् ।
  • अब General >Setting>Software update  मा गएर Beta Version डाउनलाेड गर्नुस्
अब अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी नेटवर्क चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment