Comments Add Comment

पुनर्निर्माणमा नसघाउने मन्त्रालयलाई कारबाही गर्न एमालेको माग

२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनर्निर्माणको काममा सहयोग नगर्ने मन्त्रालय र सम्बन्धित निकायलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको सोमबार बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डा. गोविन्द्र पोखरेलले मन्त्रालय मातहतमा सम्पन्न गर्नुपर्ने पुनर्निर्माणको काम अघि बढन नसकेको बताए ।

लगतै एमालेका उपाध्यक्ष भीम रावलले समितिको यस अघि बसेको बैठकले दिएको निर्देशन अनुसार काम नगर्ने मन्त्रालय र सम्बन्धित निकायलाई कार्वाही गर्न माग गरे। प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सशील ज्ञवालीमाथि कारबाही गर्ने सरकारले काम नगरेका मन्त्रालयलाई भने किन कारबाही नगरेको भन्दै आक्रोश पोखे ।

२ महिना अघि बसेको निर्देशक समितिको बैठकले सहरी विकास, शिक्षा, पर्यटन, स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आफू मातहतको पुनर्निर्माणको कामलाई अघि दिन निर्देशन दिएको थियो ।

बैठकमा प्रधानमन्त्री एवम् समितिका अध्यक्ष पुष्पकमल दाहालले पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment