सोमबार, १६ फागुन, २०७३
OnlineKhabar.com

त्रिपाठीको प्रश्नः प्रदेश नम्बर २ कश्मीर बनाएको हो ?

मधेसीको देशभक्तिमाथि प्रश्न नउठाउन चेतावनी

अनलाइनखबर

६ फागुन, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले मधेसीको देशभक्तिमाथि प्रश्न नउठाउन चेतावनी दिएका छन् । साथै संविधान संशोधन नभए साथ दिन नसक्ने बताए ।

राप्रपाको महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव देश हितमा नभएको भन्दै त्यसको विपक्षमा उभिन आहृवान गरे । नेकपा माले महासचिव सीपी मैनालीले सरकारले ल्याएको संशोधन प्रस्ताव अनुसार प्रदेश नम्बर ५ बनाए देश टुक्रिने बताएका थिए ।

सम्बोधनका क्रममा तमलोपा नेता त्रिपाठीले ओली र मैनाली दुबैलाई जवाफ दिए ।

आफू शुभकामना दिन आएको तर, अघिल्ला वक्ताहरुका कारण अरु विषय पनि बोल्नु परेको भन्दै उनले भने, ‘जुन बेला तराई मधेसमा औलो उन्मुलन भएको थिएन, त्यसबेलादेखि नै सीमाको रक्षा थारु मधेसीले गरेका हुन् । हाम्रो देशभक्तिमाथि प्रश्न उठाउने अपराध नगरियोस् ।’

प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गरे देश टुक्रिन्छ भन्ने भ्रम फैलाइएको भन्दै तमलोपाका नेता त्रिपाठीले भने, ‘प्रदेश नम्बर २ किन बताएको त ? कश्मीर बनाउन ? कि कालो पदार्थ खाएर बनाएको हो ?’

उनले अहिलेको संविधान संशोधन नगरिए २०४७ सालको संविधान जस्तै हुने चेतावनी दिए । २०४७ सालको संविधानलाई कांग्रेस-एमालेले उत्कृष्ट संविधान भने पनि त्यसको सति कोही पनि नगएको भन्दै उनले भने, ‘संविधान जीवन्त डकुमेन्ट भएन भने लागू गर, लागू गर भनेरमात्र हुँदैन ।’

उनले अघि भने, ‘संविधान अधुरो र अपुरो छ । समृद्ध नगरिकन हाम्रो सहयोग हुनेछैन ।’

२०७३ फागुन ६ गते १६:५० मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १७:१५

    जो जहाँ थिए,

    तिनले आ-आफ्नो ठाउको रक्षा,

    आफैले गरेका थिए र गर्दैछन पनि,

    पहाडकाले कहिल्यै हामीले पहाडको,

    रक्षा गर्यौ भनेनन्, किन ?

    के तराईको सिमा असुरक्षीत थियो ?

    कोबाट ?

    छिमेकिबाट या काठमाडौँबाट ?

    जानकारी पाए धन्य हुन्थे l

    16
    6
    Share

  • dharma parajuli, Arghakhanchi लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १७:४६

    मधेसी जनताको देशभक्तिमाथि कसैले प्रश्न उठाएको छैन । कुरा मधेसी जनताको अधिकार को गर्ने दलाली दिल्ली दरबारको गर्नेको देशभक्तिमाथि जसले पनि प्रश्न उठाउन सक्छ । तपाईं ५ नम्बर प्रदेशको बरिस्ठ नेता हुनुहुन्छ । पहाड, तराइ, जंगल, धर्मिक तथा पर्यटकिय स्थल,नदिनाला सबैले सम्पन्न ५ नम्बर प्रदेशलाई टुक्राउने होइन झन मजबुत पार्ने अभियानमा लाग्नुस् तपाईंको देशभक्तिमाथि, प्रदेशभक्ति र जनताभक्ती प्रति कसैले पनि प्रश्न उठाउने छैन ।

    0
    0
    Share

  • Chandeshwar kurmi लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १८:४७

    We if there will be a little change how it will effect the nationality

    0
    0
    Share

  • Loktantrabaadi लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १९:१३

    त्रिपाठी जी तपाइको अनुहार र मेरो अनुहार नमिलेपनि भाषा लिपि नमिलेपनि हाम्रो सही
    बाटो मिलेकोले तपाइको कुरा १००% सही जायज छ र हो / यी कांग्रेस एमाले र माओबादी
    पार्टी नै फेल भैसक्यो यिनीहरु लोक्तान्त्रबादी हुदै होइन फ़ास्ट ट्रेक १६ बुदें गोजिको संबिधान
    ले नै देश विखण्डनकारी सिस्टम को जग राख्ने यो ओली ,प्रचण्ड , देउबा बाजेहरू नै हुन
    भन्ने त नेपाली जनताले मात्रा होइन सारासंसारले बुझिसक्यो ? अब देशको उपचार भनेको
    अन्तरिम संबिधानमै पुग्नुको बिकल्प छैन ? यो १६ बूदें फ़ास्ट ट्रेक सहमतिले एमाले , कांग्रेस
    र माउबादी ३ तीनै पार्टी को इतिहास आफै ख़तम बनायो ? यो फ़ास्ट ट्रेक बाटो बिभेदकरी
    साम्प्रदायिक बाटो हुन यसलाई खारिज हुनै पर्छ ??

    1
    0
    Share

  • Badri pun लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १९:३८

    A madhishe ho raja mahendrale aafuno bhubhag namichiyos bhani bhu.pu gaorkha harulai simanama rakheko birsiyau?khasai bhanne ho bhane madhishe harule deshlai kehi diyako ra katai kehi chinayako xaina.

    0
    0
    Share

  • लिला सिंह लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते २०:४१

    चाेरको खुट्टा काट भन्ना बित्तीकै चाेरले खुट्टा तानेको जस्ताे गर्नु भएछ त्रिपाठी जीले ।

    0
    0
    Share

  • Sudev लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ५:३५

    Not good

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this