Comments Add Comment

एक जोडी लौरो समात्न १० हजार नग्न पुरुषहरुको होडबाजी


पातलो लगौंटी मात्र लगाएका १० हजार पुरुषहरुले गत सप्ताहान्तमा एउटा जापानी मन्दिर परिसरमा एक जोडी लौरोका निम्ति तछाडमछाड गरे । उनीहरु हाडाका मात्सुरी अर्थात् नग्न पुरुष महोत्सवमा भाग लिइरहेका थिए ।

पश्चिम जापानमा रहेको ओकायामा शहरस्थित सैदाइजी कान्नोन इन मन्दिरमा प्रत्येक वर्ष यो महोत्सव आयोजना हुन्छ । शनिबार राति आयोजना भएको महोत्सवका क्रममा एक पुजारीले भिडतर्फ फालेको एक जोडी ‘भाग्यमानी लौरो’ हात पार्नका निम्ति एक घन्टासम्म नग्न पुरुषहरुको होडवाजी चलेको हो ।

मन्दिरमा जानुअघि यी पुरुषहरुले ठण्डी मौसममा चिसो पानीको फोहोरामा स्नान गरी आफूलाई चोख्याएका थिए । रातको १० बजे मन्दिरको बत्ती निभाइयो र चार मिटर अग्लो झ्यालबाट दुई सिंगीलाई भिडतर्फ फालियो ।

स्थानीय भाषामा सिंगी भनिने ४ सेन्टिमिटर मोटाई र २० सेन्टिमिटर लम्बाई भएका पवित्र लौरो समात्न सक्ने व्यक्तिको एक वर्षसम्म भाग्य चम्किने विश्वास गरिन्छ । लौरो समात्न सफल हुने व्यक्ति फुकु ओटोको अर्थात् भाग्यमानी पुरुष कहलाउँछन् ।

भाग्यमानी पुरुषले लौरोलाई मासु भनिने काठको बाकसभित्र हालेर राख्छ, जसबाट १२ महिनासम्म उक्त व्यक्तिको जीवनमा सौभाग्य वर्षिने विश्वास गरिन्छ ।

यो परम्परा पाँच सय वर्ष पुरानो हो । त्यतिबेला भक्तजनहरु पुजारीले फ्याँकेको कागजको जन्तर हडप्नका लागि प्रतिस्पर्धा गर्थे । कागत च्यातिने समस्याका कारण पछि गएर लौरो फाल्न थालिएको हो । हरेक वर्ष बढ्दो संख्यामा पुरुषहरु यो महोत्सवमा सहभागी भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment