Comments Add Comment

खप्तड गोल्डकपको अर्को संस्करणमा पुरस्कार राशी बढ्ने

९ फागुन, कैलाली । सुदूरपश्चिम ११ स्पोर्टस् क्लवले सुरु गरेको सुदूरपश्चिम खप्तड गोल्डकपको पुरस्कार राशी अर्को संस्करणदेखि बढाइने भएको छ ।

गत पुष २१ देखि माघ १ सम्म धनगढीमा भएको पहिलो संस्करणको आयव्यय सार्वजनिक गर्दै क्लवले अर्को संस्करणलाई अझै व्यापक बनाउने बताएको हो ।

प्रतियोगिता सम्पन्न गर्न ७८ लाख १६ हजार खर्च भएको क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए । अझै २६ लाखभन्दा बढी रकम उठ्न बाँकी र २१ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेकाले क्लवलाई ५ लाख फाइदा भएको अध्यक्ष हमालले जानकारी दिए ।

प्रतियोगिताको अर्को संस्करणमा पुरस्कार राशी बृद्धि गरी ११ लाख ११ हजार १११ बनाइएको छ । यस संस्करणको बिजेतालाई ५ लाख दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment