+
+
Shares

चितवनमा पहिलो पटक फनपार्क सञ्चालन

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ फागुन १८ गते १८:१२

१८ फागुन, चितवन । चितवनमा पहिलो पटक बालबालिकाका लागि फनपार्क सञ्चालनमा आएको छ । चार करोडको लगानीमा भरतपुरमा पूजा फनपार्क खोलिएको हो ।

बालबालिकालाई पुर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ बालमैत्री वातवरण भएको फन पार्क सञ्चालनमा ल्याएको सञ्चालक कृष्ण देवकोटाले जानकारी दिए । फन पार्कको एक समारोहका विच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौत्तमले उद्धघाटन गरेका थिए ।

निर्माण सुरु भएको झण्डै २ बर्षपछि पार्क सञ्चालनमा ल्याइएको हो । पार्कमा बालबालिका मात्रै नभएर सबै उमेर समूहकाले मनोरञ्जन लिन सक्ने पार्कका सञ्चालक देवकोटाले जनाए । पार्कमा अत्याधुनिक सेप्रेट मेन स्वीमिङ पुल, फिमेल स्वीमिङ पुल तथा बेबी स्वीमिङ पुल रहेको छ ।

हरेक स्वीमिङ पुलमा १ सय ५० भन्दा बढी जनाले एकै चोटी पौडी खेल्न सक्छन् । १ विगा क्षेत्रफलमा फैलिएको पार्कभित्रै रेष्टुरेष्टको व्यवस्था छ । पार्कको मूख्य आर्कषणमा विभिन्न वन्यजन्तु तथा चराहरुको चिडियाखानामा रमाउन सकिने छ ।

फन पार्कको आम्दानीको ५ प्रतिशत भरतपुरमा रहेको आदर्श नारी गृहलाई सहयोग गर्ने देवकोटाले घोषणा गरे ।

त्यस्तै पार्कमा वाटर फाउन्टेन (पानी फोहरा), ढुङगे धारा कैलाश पर्वत, माछा पोखरी तथा रुखमुनि बनाइएका कटेजहरु रहेका छन् । पूजा फन पार्कले अझ थप सेवा तथा सुविधा उपलब्ध गराउन आˆनो क्षेत्रफललाई बृद्धि समेत गर्ने संचालक देवकोटाले बताए

पार्क निर्माण भएसँगै १ दर्जन बढी स्थानीयले रोजगारीसमेत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?