+
+
Shares

बुध्द एयरको ‘रोयल क्लब’ अब पूर्ण डिजिटल, सस्तो टिकटमा पनि माइलेज प्वाइन्ट दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एयरले १ वैशाख २०८३ देखि रोयल क्लब फ्रिक्वेन्ट प्लायर कार्यक्रमलाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ।
  • अब नन–रिफन्डेबल टिकटमा पनि माइलेज प्वाइन्ट प्रदान गरिने र यात्रुले मोबाइल एप वा वेबसाइटबाट टिकट काट्न सक्ने कम्पनीले जनाएको छ।
  • यात्रुहरूले संकलित माइलेज प्वाइन्ट सुपर मार्केट, होटल, रिसोर्ट लगायतका साझेदार संस्थाबाट छुट प्राप्त गर्न प्रयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

३० चैत, काठमाडौं । बुद्ध एयरको रोयल क्लब अब पूर्ण डिजिटल बनेको छ । यात्रुलाई उडानसँगै माइलेज प्वाइन्ट, डिस्काउन्ट तथा निःशुल्क टिकटलगायत सुविधासहित १ वैशाख २०८३ बाट बुद्धले रोयल क्लब फ्रिक्वेन्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको बताएको छ ।

नियमित हवाई उडान गर्ने यात्रुहरूका लागि दशकौंदेखि सञ्चालन हुँदै यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ । यात्रु सदस्यले यस फ्रिक्वेन्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै ’माइलेज प्वाइन्ट’ जम्मा गर्न पाउँछन् । निश्चित माइलेज प्वाइन्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउन्ट एवम् निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्छन् ।

यसअघि रिफन्डेबल टिकट अर्थात ‘बाई ए/बी क्लास’मा मात्र यात्रुलाई माइलेज प्वाइन्ट प्रदान गर्दै आएकोमा अबदेखि नन–रिफन्डेबल टिकटमा पनि माइलेज प्वाइन्ट प्रदान गर्ने बुध्द एयरका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर रूपेश जोशीले जानकारी दिए ।

यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुध्द एयरको मोबाइल एप वा वेवसाइटबाटै सजिलै टिकट काट्न सक्ने उनले बताए । यसअघि यो सुविधा केवल सेल्स काउन्टर वा एयरपोर्ट काउन्टरमार्फत मात्र उपलब्ध थियो ।

कम्पनीका अनुसार काठमाडौंबाट पोखरा उडानमा नन रिफन्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा–काठमाडौं उडान टिकटमा ११२  रुपैयाँसम्मको सहजै डिस्काउन्ट प्राप्त गर्न सक्छन् । यात्रुहरूलाई जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ ।

यसले यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट तथा डिस्काउन्टको सुविधा लिन सजिलो हुने बुध्द एयरले विज्ञप्तिमा उल्लेख गरेको छ । रोयल क्लबका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरी छुट प्राप्त गर्न सक्छन् । यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?