+
+
Shares

यसकारण बास्ना सुँघ्न तपाईं रोकिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोवैज्ञानिक पामेला डाल्टनका अनुसार बास्ना सुँघ्ने बित्तिकै मस्तिष्कको भावना केन्द्रमा पुगेर मुडमा छिटो परिवर्तन आउँछ।

फूल सायद कसलाई मन नपर्ला र ! तर, सबै फूलको सुगन्ध सबैलाई मन नपर्न सक्छ । किनकि सुगन्धप्रतिको हाम्रो धारणा एकदमै व्यक्तिगत हुन्छ । हाम्रो सम्झना, संस्कृति र वंशाणग धारणा, स्वभावले सुगन्धलाई धेरै प्रभाव पार्ने गर्छ ।

त्यसमा रोचक कुरा भनेको, एउटा विशेष सुगन्धले हामीलाई सदा छुन्छ । त्यस सुगन्ध हाम्रो नाकमा आइपुग्ना साथै मन फुरुङ्ग हुन्छ । जुन सुगन्ध व्यक्तिपिच्छे फरक-फरक हुन सक्छ । तर, त्यो केबाट आउँछ ? कहाँ पाइन्छ ? भन्ने जस्ता कुराका लागि भने व्यक्तिले केही मेहनत गर्नुपर्छ ।

बेलायतमा अवस्थित युनिभर्सिटी अफ केन्टकी डिजाइनर तथा अनुसन्धानकर्ता केट म्याक्लेन म्याकेन्जीका अनुसार केही कुरा सुँघ्नका लागि रोकिनु आफैँमा एउटा राम्रो काम हो । कतिपयले यसलाई अलि अनौठो तरिकाले हेरेता पनि यसका वैयक्तिक फाइदाहरू धेरै हुने उनको भनाइ छ ।

३० सेकेन्डसम्म बास्ना लिँदै सास फेर्दा मात्र हाम्रो शरीरमा केही राम्रा परिवर्तनहरू हुने उनको दाबी छ । त्यसमा मुटुको धड्कन शान्त हुने, मुड राम्रो हुने लगायत पर्छन् । त्यसमाथि सुगन्ध र हाम्रो मस्तिष्कको सम्बन्ध पनि उति नै प्रगाढ हुन्छ।

सुगन्धले मनलाई किन छिटो छुन्छ ?

मस्तिष्कले बास्नालाई अन्य कुराहरू (जस्तै हेर्ने वा सुन्ने) भन्दा फरक तरिकाले बुझ्छ ।

मनोवैज्ञानिक पामेला डाल्टनका अनुसार बास्ना सुँघ्ने बित्तिकै मान्छेको मुडमा परिवर्तन आउँछ । भावनामा सुगन्धले जति छिटो असर अरू कुनै कुराले पार्न नसक्ने उनको भनाइ छ ।

हामीले कुनै पनि बास्ना सुँघ्ने बित्तिकै त्यो सिधै मस्तिष्कको इमोसनल सेन्टर (भावना केन्द्र) मा पुग्छ । स्पर्श, आवाज वा दृश्यहरू मस्तिष्कको अन्य भाग भएर जान्छन् । तर, बास्ना सिधै सम्झना र भावना जोडिएको ठाउँमा पुग्छ ।

यही कारणले गर्दा कुनै खास बास्नाले हामीलाई पुरानो सम्झनामा पुर्‍याउँछ । जस्तै: हजुरआमाको अत्तर वा बाल्यकालमा खाएको मनपर्ने खानेकुराको बास्ना ।

यसो हुँदा बास्नाले मनलाई शान्त पार्नेसँगै स्मृतिहरू पनि फिर्ता ल्याउने गर्छ ।

त्यस्तै राम्रो बास्नाले हाम्रो सास फेर्ने तरिका पनि बदल्छ । किनकि हामीलाई मन परेको बास्ना वरपर हुना साथै हामी हतारहतार लामोलामो र गहिरो सास फेर्छौँ । त्यसले गर्दा मुटुको धड्कन सुस्त र शरीर शान्त हुन्छ ।

सबैको रोजाइ फरक-फरक

जानकारहरूका अनुसार हामीलाई कस्तो बास्ना मनपर्छ भन्ने कुरा सानैदेखि तय हुन्छ । कसैलाई कुनै फूलको बास्नाले शान्त बनाउँछ भने कसैलाई त्यही बास्नाले तनाव दिन सक्छ । यो सबै हाम्रो पुरानो अनुभवमा भर पर्छ ।

त्यस्तै हाम्रो शरीरको बनावट (जेनेटिक्स)ले पनि यो कुरालाई फरक पार्छ । एउटै कुरा सुँघ्दा पनि कसैलाई त्यो मिठो लाग्छ, कसैलाई नराम्रो लाग्छ त कसैले त्यसको बास्नै थाहा पाउँदैनन् ।

स्मेल वाक : बास्ना खोज्दै हिँड्ने तरिका

अनुसन्धानकर्ता केटले विभिन्न शहरमा मानिसहरूलाई स्मेल वाक गराउँछिन् । यसमा सहभागी मान्छेहरूलाई उनले बाटोमा हिँडाउँछिन् । तर, त्यसक्रममा उनीहरूले फरक-फरक बास्नाहरू महसुस गर्नुपर्छ । त्यसका लागि उनले प्रक्रियाहरू समेत बनाएकी छिन् ।
जस्तो,

१. बास्ना समात्ने : हावामा उडिरहेको बास्नालाई महसुस गर्ने र गहिरो सास लिने ।

२. बास्ना खोज्ने : भुइँको नजिक जाने, पातहरू माड्ने र नजिकैबाट सुँघ्ने।

३. नयाँ कुरा सुँघ्ने : हुन त फोहोरको बाल्टिनबाट सधैँ नराम्रो गन्ध मात्र आउँछ भन्ने हाम्रो पहिल्यै तय भएको विचार छ । तर, कहिलेकाहीँ त्यहाँ पनि फरक खालका बास्ना हुन सक्छन् ।

बास्नाको आनन्द कसरी लिने ?

उनले यसका लागि पनि टिप्स दिएकी छिन् । बास्नाको आनन्द यसका लागि ठूलो बगैँचा नचाहिने उनको कुरो छ । त्यसका लागि त एउटा सानो गमला नै पर्याप्त हुने उनी सुनाउँछन् ।

उनको टिप्स यस्तो छ:

१. ३० सेकेन्ड समय दिनुहोस्

 हतारमा सुँघ्नु र ३० सेकेन्डसम्म अडिएर महसुस गर्नुमा धेरै फरक छ । यसले पक्कै पनि दिमागलाई शान्त बनाउँछ।

२. मुड अनुसार छान्नुहोस्

 शान्त हुन मन छ भने फूलको बास्ना लिनुहोस् । ऊर्जा चाहियो भने कागती वा पुदिना सुँघ्नुहोस् ।

३. धेरै नसोच्नुहोस्

 बास्नालाई दिमागले भन्दा पनि मनले महसुस गर्नुहोस् ।

४. स्वास्थ्यमा ध्यान दिनुहोस् 

यदि तपाईँले बास्ना थाहा पाउन छोड्नुभयो भने यो बिरामी भएको संकेत हुन सक्छ, त्यसैले डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?