+
+
Shares

राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, उपप्रधानमन्त्री आफैं धर्नामा बसे (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ७ गते १८:३६

७ चैत, काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपपछि उपप्रधानमन्त्री समेत रहेका कमल थापा आफैं धर्ना बसेर ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।

शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको मुल गेटबाट करिव ५० मिटर अगाडि नै प्रहरीले रोकेको थियो । त्यहाँ राप्रपाका नेताहरुले सम्बोधन गर्ने र आयोगमा ज्ञापनपत्र बुझाउने योजना थियो ।

तर, भिड प्रहरीलाई धकेन्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन् ।

झडपका कारण कान्तिपथ क्षेत्र केहीबेर तनावग्रस्त बन्यो । राप्रपाका नेता कार्यकर्ताले टायर बाल्दै सडकमै बसेर नाराबाजी समेत गरेका थिए ।

धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा स्वयंम सहभागी भएका थिए । धर्नापछि राप्रपा नेताहरुले आयोगमा ज्ञापन पत्र बुझाएका छन्, जसमा आयोगको निर्णय संविधान विपरित भएको भन्दै सच्याउन माग गरिएको छ ।

तस्वीर: श्रीधर पौडेल र कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?