+
+
Shares

मृत्युको ४५ दिनपछि इशानको अन्त्येष्टी

रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शंकास्पद मृत्युको ४५ दिनमा अन्त्येष्टी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते २०:००

१६ माघ,बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शंकास्पद मृत्युको ४५ दिनमा अन्त्येष्टी गरिएको छ । कञ्चन गाउँपालिका–३ धौलागिरिचोक घर भएका इशानको पुस २ गते मृत्यु भएको थियो ।

प्रहरीले गाडीको ठक्करबाट इशानको मृत्यु भएको बताए पनि मृतकका परिवार र स्थानीयले अस्वीकार गर्दै शव बुझ्न अस्वीकार गर्दै आएका थिए ।

स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत इशान तेक्वान्दो खेलाडी र प्रशिक्षकसमेत थिए । पुस २ गते पढाइ सकेर स्कुलबाट घर आएर जिम हाउस गएका उनी उक्त साँझ घर फर्केका थिएनन् ।

अर्को दिन इशानको शव आफ्नै घरबाट डेढ सय मिटर उत्तरमा सडक किनारको नालीमा भेटिएको थियो । प्रहरीले गाडीको ठक्करबाट पुस २ गते साँझ इशानको मृत्यु भएको र ३ गते शव फेला परेको प्रारम्भिक अनुसन्धान रिपोर्ट परिवारजनलाई सुनाएपछि परिवार तथा स्थानीयले त्यसलाई अस्वीकार गर्दै योजनावद्ध हत्या भएको दाबी गरेका थिए ।

इशानको शव ढक्कन भएको नालीमुनि भेटिनु, सडकमा रगतको कुनै दाग नभेटिनुलाई शंकाको दृष्टिकोणबाट हेर्नुपर्ने उनको परिवारको आग्रह थियो ।

उनका ठूलोबुबा पुष्पराजले गाडीको ठक्करबाट मृत्यु भएको विश्वास नलाग्दा शव बुझ्न अस्वीकार गरेको तर प्रहरी प्रशासनले घटनाको अनुसन्धान जारी रहेको र पीडितले न्याय पाउने आश्वासन दिएपछि अन्त्येष्टी गरिएको बताए ।

घटनाको सत्यतथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दबाब दिन स्थानीयले पटकपटक इलाका प्रहरी कार्यालय रुद्रपुर र सालझन्डी हुँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर धर्नासहित नाराबाजी गरेका थिए ।

प्रहरीले भने लु २ ख ४९४८ नम्बरको गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । इशानको हिन्दू परम्परा अनुसार कञ्चन गाउंपालिकाको तुल्सीघाटमा अन्त्येष्टी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?