१० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको ब्रतबन्ध तडक-भडकका साथ हुने भएको छ । ब्रतबन्ध सम्पन्न गरेको एकसातापति सोल्टी होटलमा भोजको आयोजना गरिने भएको छ ।
चैत १७ गते निर्मलनिवासमा धार्मिक समारोहका वीच ब्रतबन्ध सम्पन्न हुने पूर्वराजपरिवार स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
निर्मल निवासमा ब्रतबन्ध सकिएको एक सातापछि चैत २४ गते सोल्टी होटलमा निम्तालुहरुलाई भव्य पार्टी दिइने पूर्वराजपरिवारको तयारी छ ।
सामाजिक व्यवहार सुधार ऐनले विवाह ब्रतबन्ध आदिमा फजुल खर्च गर्न नहुने गरी रोक लगाएको छ ।