Comments Add Comment

७५ हजार म्यादी प्रहरीको लागि भर्ना आह्वान


११ चैत, काठमाडौं । नेपाल प्रहरीले एकैपटक ७५ हजार म्यादी प्रहरीमा भर्ना खोलेको छ । स्थानीय तहको निर्वाचनका लागि प्रहरीले विज्ञापन प्रकाशित गर्दै म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।

अाजबाट खुला भएको म्यादी प्रहरीको आवेदन चैत १७ सम्म भर्न सकिने छ । १८ वर्ष पुरा भएका र ५४ वर्ष पुरा नभएका योग्य नागरिक नागरिकले यसमा आवेदन दिन सक्नेछन् ।

आवेदन उपत्यकाको हकमा जिल्ला प्रहरी परिसर तथा उपत्यका बाहिर सबै जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न सकिनेछ ।

इच्छुक र योग्यता पुगेका व्यक्तिले म्यादी प्रहरीका रुपमा काम गर्न पाउनेछन् । स्थानीय तहको निर्वाचनको लागि खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहने गरी तोकिएको छ ।

चैत २२ गते अन्तिम छनौट गरिनेछ । म्यादी प्रहरीले प्रहरी जवानले पाए सरहको तलव पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment