Comments Add Comment

यी हुुन् दुनियाँका टपटेन टेक्नोलोजी ब्राण्ड

बेलायतको भ्यालुुएसन एण्ड स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले हरेक वर्षजस्तै यो पटक पनि विश्वका उच्च ५ सय ब्राण्डको सूचि सार्वजनिक गरेको छ । सबैभन्दा शक्तिशाली तथा मूल्यवान ब्राण्डको मूल्यांकनपश्चात तयार पारेको सूचि अनुसार विश्वका टपटेन टेक्नोलोजी ब्राण्ड यी हुन्ः

१. गुुगलः अमेरिकी कम्पनी गुुगलको ब्राण्ड भ्यालुु १ खर्ब ९ अर्ब डलर रहेको छ । अघिल्लो वर्षभन्दा गुुगलको ब्राण्ड भ्यालुुमा २४ प्रतिशतले बढोत्तरी भयो ।

२. एप्पलः अमेरिकी कम्पनी एप्पलको ब्राण्ड भ्यालुु १ खर्ब ७ अर्ब रहेको छ । गत वर्षभन्दा यसको ब्राण्ड भ्यालुमा २७ प्रतिशतले गिरावट आयो ।

३. अमेजनः अमेरिकाकै कम्पनी अमेजनको ब्राण्ड मूल्य १ खर्ब ६ अर्ब रहेको छ । अघिल्लो वर्षभन्दा यसको ब्राण्ड भ्यालुमा ५३ प्रतिशतले बढोत्तरी भएको हो ।

४.एटी एण्ड टीः  अमेरिकाको टेलिकम कम्पनी एटी एण्ड टीको ब्राण्ड भ्यालुु ८७ अर्ब छ । अघिल्लो वर्षभन्दा यसको ब्राण्डमूल्यमा ४५ प्रतिशतले वृद्धि भयो ।

५. माइक्रोसफ्टः माइक्रोसफ्टको ब्राण्ड मूल्य ७६ अर्ब डलर रहेको छ । सन् २०१६भन्दा यसको ब्राण्ड मूल्यमा १३ प्रतिशतले गिरावट आयो ।

६. सामसुुंगः दक्षिण कोरियाली कम्पनी सामसुुंगको ब्राण्ड भ्यालुु ६६ अर्ब डलर रहेको छ । अघिल्लो वर्षभन्दा यसको ब्राण्ड मूल्यमा १३ प्रतिशतले वृद्धि भयो ।

७. भर्जन टेलिकमः अमेरिकाको भर्जन टेलिकमको ब्राण्ड मूल्य ६५ अर्ब ८७ करोड छ । सन् २०१६मा भन्दा यसको ब्राण्ड मूल्यमा ४ प्रतिशतले वृद्धि भएको हो ।

८. फेसबुकः  झण्डै दुुइ अर्ब प्रयोगकर्ता रहेको फेसबुकको ब्राण्ड भ्यालु झण्डै ६२ अर्ब डलर रहेको छ । सन् २०१६को तुलनामा यो वर्ष फेसबुकको ब्राण्ड भ्यालुमा ८२ प्रतिशतले बढोत्तरी भयो ।

९. चाइना मोबाइल टेलिकमः यो चिनिया टेलिकम कम्पनीको ब्राण्ड मूल्य ४६अर्ब ७३ करोड डलर रहेको छ । अघिल्लो वर्षको तुलनामा यसको ब्राण्ड मूल्यमा ६प्रतिशतले बढोत्तरी भयो ।

१०. एनटीटी ग्रुपः  जापानको यो कम्पनीको ब्राण्ड मूल्य ४० अर्ब ५४ करोड डलर रहेको छ । यसले अघिल्लो वर्षको तुलनामा आफ्नो ब्राण्ड मूल्यमा २८ प्रतिशतले बढोत्तरी गर्न सफल भयो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment