Comments Add Comment

नर्स हुन पुरुषको दौडधुप, अहिले ४० जना पुरुष नर्सहरु कार्यरत

१४ चैत, काठमाडौं । पछिल्लो समय पुरुषहरुले समेत नर्समा भर्ना हुन पाउनुपर्ने भन्दै नेपाल नर्सिङ संघलाई आग्रह गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा नर्सको माग बढेको र लैंगिक समानताका कारण पनि नर्स पेसातर्फ पुरुषहरुको आकर्षण बढेको हो ।

अहिले नेपालभर ४० जना पुरुष नर्सहरु विभिन्न अस्पतालमा काम गरिरहेको नर्सिङ संघको तथ्यांकमा उल्लेख छ । जुन महिलाको तुलनामा निकै कम हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

बिरामीको सेवा गर्न पुरुषहरु पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमार्फत सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment