Comments Add Comment

नयाँ संशोधन लैजाने र ११ जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने माओवादी निर्णय

२४ चैत, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल एकीकृत नेकपा माओवादीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर अर्को संशोधन लैजाने निर्णय गरेको छ । साथै मधेसी मोर्चालाई सहमतिमा ल्याउन तराई मधेसमा स्थानीय तहको संख्या थप्ने र आवश्यक परे ११ जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने उसको निर्णय छ ।

माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकले संसदको प्रक्रियामा रहेको संशोधन प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।

उक्त संशोधनको सीमांकनको विषय आयोगले हेर्नेछ भने अन्य तीन विषयका साथै निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखलाई हटाउने र धारा २७४ संशोधन गर्ने गरी अर्को संंशोधन प्रस्ताव छिट्टै संसदमा दर्ता गर्ने निर्णय भएको छ । २७४ मा हुने संशोधनले प्रदेशहरुको सीमांकन सम्वन्धित प्रदेशको सहमति गर्न सकिने व्यवस्था राखिनेछ ।

अहिले भने बहुमत प्रदेशहरुको सहमति लिनु पर्ने प्रावधान छ । ‘संसदमा भएको संशोधन फिर्ता लिएर अर्को संशोधन छिट्टै लैजाने निर्णय भएको छ, माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन् ।

माओवादीले मधेसी मोर्चा सहमतिमा आए तराई मधेसमा जनसंख्याका आधारमा हुने गरी स्थानीय तहको संख्या बढाउन सकिने समेत बताएको छ । ‘स्थानीय तहको संख्या बढाउने प्राविधिक कारणले त्यस ठाउँमा चुनाव हुन सकेन भने दोस्रो चरणमा गर्नुपर्छ’ भुसालले भनिन्, ‘तर, वैशाख ३१ मै चुनाव गर्न हामी प्रतिवद्ध छौं ।’

माओवादी बैठकले स्थानीय तहको उम्मेदवारलाई टिकट दिने अधिकार प्रदेश कमिटीहरुलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment