Comments Add Comment

यस्तो देखियो नयाँ वर्षको झुल्के घाम (फोटो फिचर)

१ बैशाख, काठमाडौं । नयाँ वर्षमा सबैमा बेग्लै उत्साहको सञ्चार हुन्छ । नयाँ कामको योजना बनाउने र संकल्पसहित अगाडि बढ्नको लागि धेरैले यही समय रोज्छन् ।

नयाँ वर्ष भन्ने बित्तिकै वर्षको पहिलो दिनको सूर्योदयको विशेष महत्व रहने गर्छ । वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्दै आफूमा उत्साह भर्नेहरु प्रशस्त हुन्छन् ।

सूर्योदय हेर्नकै लागि इलामको श्रीअन्तु डाँडा, म्याग्दीको पुनहिल, भक्तपुरको नगरकोट लगायत ठाउँमा पर्यटकको लर्को लाग्छ ।

वर्षको पहिलो झुल्के घामले कोल्टे फेर्न लाग्दा हाम्रा सहकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेल ललितपुरको हात्तीवन पुगेका थिए । हात्तीवन रिसोर्टबाट उनले कैद गरेका सूर्योदयका दृश्यहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment