Comments Add Comment

एमालेकै सहमतिमा संशोधन प्रस्ताव पारित हुन्छ : रिजाल

परिमार्जनसहितको संशोधनले मुलुकलाई निकास दिन्छ: रायमाझी

११ बैशाख, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रिजालले सरकारले हालै अघि सारेको नयाँ संशोधन विद्येयक एमालेकै समर्थनमा संसदबाट पारित हुने दाबी गरेका हुन् ।

‘एमाले पनि यो प्रस्तावलाई समर्थन गर्छ,’ उनले भने, ‘मलाई लाग्छ यो प्रस्ताव सर्वसम्मतीले पारित हुन्छ ।’

यस्तै एक अर्काे प्रशंगमा उनले काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन नै कायम रहने बताएका छन् ।

साक्षात्कारमा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अहिले आएको परिमार्जनसहितको संशोधन प्रस्तावले मुलुकलाई निकास दिने ठोकुवा गरे ।

उनले उक्त प्रस्तावको एमालेले विरोध गर्नुको कुनै तुक नरहेको टिप्पणी समेत गरे ।

‘यो अन्यन्तै राम्रो प्रस्ताव हो,’ उनले भने, ‘यसलाई पारित गराउनको लागि हामी सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’
उनले प्रस्तावलाई पारित गराउनको लागि एमालेले पनि सहयोग गर्नुपर्ने बताए ।

उनले मुलुकको निकास र निर्वाचनको लागि यो प्रस्ताव आएकोले सबै प्रमुख दलहरुले यसलाई सदनबाट पारित गराउन साझा दायित्व निर्वाह गर्नुपर्ने बताए ।

रायमाझीले थपे-‘एमालेकै समर्थनमा यो प्रस्ताव पारित हुन्छ, किनकी यसले मुलुकको निकासको ढोका खोलेको छ, एमालेले विरोध गर्नुको कुनै तुक छैन् ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा.बंशिधर मिश्रले आफ्नो पार्टी अहिले परिमार्जनसहित ल्याईएको संविधान संशोधन प्रस्तावको विपक्षमा नरहेको बताए ।

उनले भने,’चुनाव हुने शर्तमा हामी संविधान संशोधनको विपक्षमा छैनौं, तर संशोधन प्रस्तावको कन्टेन्टमा हामीसँग छलफल गरिएन्, यो प्रस्ताव हामी सदनमा रोक्दैनौं ।’

नेकपा मालेका महासचिव सिपी मैनालीले अहिलेसम्म नयाँ परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पढ्न नपाएको बताउँदै प्रस्तावको अध्ययन गरेपछिमात्रै प्रतिक्रिया दिने बताए ।

उनले भने,’प्रस्ताव पढेपछि हामी समिक्षा गर्छौं, अनिमात्रै यसबारेमा हामी निर्णय लिन्छौं ।’ त्यस्तै उनले पछिल्लो समय राष्ट्रियता कमजोर भएको समेत गुनासो पोखे ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment