+
+

कांग्रेसको उम्मेदवार चयनमा पौडेलको आपत्ति, केन्द्रीय कार्यालयमा कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १७:१६

१९ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्दा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएको छ ।

जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप लगाउँदै पौडेलले आपत्ति जनाएका हुन् । यता काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै भिमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ ।

काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद प्रधानसँगै गएका एक हुल युवाले नाराबाजी गर्नुको साथै प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको प्रत्यक्षदर्शीले बताए ।

ललितपुर, भक्तपुर, धादिङ, चितवन लगायतका जिल्लामा सभापति देउवाले जिल्लाको सिफारिस विपरित टिकट दिएको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका थिए । पौडेलले पत्रकारहरुसँग भने- सभापतिजी तानाशाही शैलीमा अघि बढ्नुभयो ।

देउवाले चितवनमा टेकप्रसाद गुरुङलाई टिकट नदिई कृष्ण सिटौला समूहका दिनेश कोइरालालाई दिएकोमा पौडेलले असहमति जनाएका थिए । त्यस्तै ललितपुरमा पनि अरुको कुरै नसुनी देउवाले आफ्नो गुटका चिरिबाबु महर्जनलाई टिकट दिएकोमा पौडेलको आपत्ति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?