+
+

सभामुख एउटा नेताको आदेशपालकको भूमिकामा देखिनुभयो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १९:१८

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको मूल जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको बताएका छन् ।

बिहीबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको बताए ।

‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ । किनकी सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएर एकप्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’, उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार कांग्रेसको अवरोधका बाबजुद संसद चल्छ भनेको र त्यसको भोलिपल्ट संसदमा त्यही दृश्य देखिएको भन्दै थापाले सभामुख आदेश पालकको भूमिका देखिएको आरोप लगाए ।

‘सम्माननीय सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रुपमा उहाँको भूमिका यसरी रहने कुरा हाम्रा लागि दुखको विषय हो, यसरी निरन्तर रुपमा जाँदैन भन्ने अपेक्षा गर्छौं । र उहाँको भूमिका जिम्मेवारीपूर्ण रुपमा निर्वाह गर्न सचेत गराउँछौं’, थापाले भने ।

सभामुख घिमिरेले बिहीबार सत्तापक्षका तीन पार्टीका अध्यक्षसँग परामर्श गरेर त्यसै अनुसार बैठक चलाएको पनि थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?