बुधबार, ११ साउन, २०७४
OnlineKhabar.com

काठमाडौं छाडेर गाउँमा भोट हाल्न जानुहुन्छ ? (भिडियोवार्ता)

राजधानी बाहिरका मतदाता भन्छन्- भोट हाल्न त जानुपर्ला

कुशल तिम्सिना/कमल प्रसाई

२६ बैशाख, काठमाडौं । राजधानीमा बसोबास गर्ने लाखौं मानिसको मतदाता नामावली चाहिँ काठमाडौं बाहिर आफ्नो गृहजिल्लामै छ । बैशाख ३१ गते मतदानमा भाग लिने हो भने ३१ जिल्लाका मतदाताहरुले गृहजिल्लामै जानुपर्ने हुन्छ ।

चुनावमा भोट हाल्न काठमाडौं बाहिरका मतदाताहरु गाउँ जालान् कि नजालान् ? हामीले यसबारे केही राजधानीबासीलाई सोधेका छौं ।

हामीसँग कुराकानी गर्ने क्रममा केही मतदाताहरुले भोट हाल्न गाउँ जानका लागि आतुर रहेको बताए । केही मतदाताहरुले जसलाई भोट हाले पनि केही पाइएन भन्दै नेताहरुप्रति वितृष्णा भाव देखाउँदै भए पनि ‘भोट हाल्न जानुपर्ला’ भन्ने अभिव्यक्ति दिए ।

केही मतदाताले चुनावलाई भन्दा आफ्नो पसल र व्यवसायलाई महत्व दिएको देखियो । उनीहरुले परिवारका कोही सदस्यहले पसल चलाउने र कोही भोट हाल्न गाउँ प्रतिक्रिया दिए ।

काठमाडौं जिल्लाको वास्तविक जनसंख्या ९ लाख ७५ हजार ४ सय ५३ हो । तर, राजधानीमा १५ लाखभन्दा बढी मानिसको बसोबास रहेको अनुमान छ । तर, काठमाडौंको मतदाता संख्या भने ५ लाख ५९ हजार ४ सय मात्रै छ । यसमा पनि काठमाडौं महानगरको मतदाता संख्या २ साख ७७ हजार छ ।

दशैं-तिहारका बेला राजधानी बाहिरका मानिसहरु गृहजिल्ला र्फकंदा काठकाडौंका सडकहरु सुनसान हुन्छन् । त्यो दृश्यले बाहिरी जिल्लाका मानिसहरुको काठमाडौंमा हुने उपस्थितिलाई स्पष्ट पार्छ ।

तर, आसन्न स्थानीय चुनावमा दशैंमा जसरी काठमाडौं सुनसान हुने लक्षण खासै देखिएको छैन । किनभने कतिपय राजधानीबासीले चुनावमा गाउँ र्फकने खासै जाँगर देखाएको पाइएन ।

२०७४ वैशाख २६ गते १४:३७ मा प्रकाशित (२०७४ वैशाख २७ गते ११:५६मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • rakesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:४७

    २ साख ७७ हजार छ । vaneko k ho

    0
    0
    Share

  • Rose लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:५५

    bida vaye po janu

    6
    1
    Share

  • SAMAR लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १८:०३

    bida vaya po janu ra bida nai hudaina

    ani kasari vote halna janu ra………

    9
    1
    Share

  • chanda लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १९:२३

    khai ta bida …. school college haru matrai bida cha office haru chuuti chaina …. bahira jilla ma kam gariraheka karmachari haru le ta ghar jannai napaune bhaye vote halna janna lai…

    4
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २०:१९

    Naya Sakti = RJP == MAOIST. == NC == UML == RPP == NEW NEPAL For Them, terrible for people

    0
    0
    Share

  • उज्यालाे लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २२:४१

    खाेर्इ त बिदा ? अनि कसरी जाने भाेट हाल्न ? छुट्टी न सुट्टी के काे चुनावी हुटहुटी । जान पार्इएन २० वर्ष पछिकाे अवसर उपयाेग गर्न ।

    2
    0
    Share

  • Rajesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १३:५६

    Sarbajanik bida dinu paryo ni Gov.le yek din ko bida le kasari jane ??

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this