Comments Add Comment

रोनाल्डोले बनाए अर्को रेकर्ड, उपाधिका लागि रियललाई एक अंक चाहियो

क्रिष्टियानो रोनाल्डोले नयाँ रेकर्ड बनाउँदा रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । रियल मड्रिडले सेल्टाभियोलाई ४–१ ले हराएको छ र अब उपाधिका लागि मात्र एक अंक भए पुग्छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले १० औं मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवातमा नै दोस्रो गोल गर्दै रोनाल्डोले जिमी ग्रीव्सको रेकर्ड तोडे ।

इंग्ल्याण्डका ग्रीव्सले १९७१ मा युरोपको पाँच लिग मध्ये कुनै एकमा ३६७ गोलको रेकर्ड बनाएका थिए ।

६२ औं मिनेटमा सेल्टाभियो १० खेलाडीमा सिमित भयो । तर, ६९ औं मिनेटमा गुइडिटीले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर, एक मिनेटपछि नै करिम बेन्जिामा गोल गरे ।

खेलको ८८ औं मिनेटमा टोनी क्रुजले गोल गरेपछि रियल मड्रिड ४–१ गोल अन्तरले विजयी भएको छ ।

र, अब लिगको उपाधिका लागि मात्र १ अंक चाहिएको छ । अन्तिम खेल अघि रियलको ९० अंक छ भने दोस्रो स्थानमा झरेको बार्सिलोनाको ८७ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment