Comments Add Comment

कपिलको शोमा पुगिन् मनिषा कोइराला, खेलिन् रमाइलो खेल

भारतीय कमेडियन कपिल शर्मा आफ्नो टेलिभिजन शोको टिआरपी बढाउन हरसम्भव उपाय लगाइरहेका छन् । तर टिआरपी भने लगातार गिर्दो अवस्थामा छ ।

पुरानो टिमका धेरै सदस्यहरुले बाई बाई गरेर हिँडेपछि कपिलको शो फ्लप खान थालेको हो । अहिले शोमा हरेकचोटि नयाँ नयाँ प्रयोगहरु गरिंदै आएको छ, तर दर्शकले मन पराइरहेका छैनन् । गिर्दो टिआरपीबाट सोनी टेलिभिजन पनि चिन्तित बनेको छ ।

पुरानो समय बाहिरिएपछि ल्याइएको नयाँ समुहले कुनै कमाल देखाउन सकेको छैन । त्यसो त कपिलको आफ्नै प्रस्तुति पनि फितलो बन्दै गएको छ । उनी पुराना जोकहरु दोहोर्‍याई-तेहर्‍याई सुनाउन थालेका छन् । त्यसो त यसअघिका सुनील ग्रोवरको प्रस्तुति पनि खस्किदै गइरहेको थियो । तर उनी आफ्नो अभिनयको बलमा दर्शकको मन जित्न सफल भइरहेका थिए ।

यो साता कपिलको शोमा आइन् बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला । उनी आफ्नो नयाँ फिल्म ‘डियर माया’ को प्रमोसनका लागि केही सहकलाकारका साथ शोमा पुगेकी थिइन् ।

यस क्रममा मनिषाले आफ्नो निजी जीवनसँग जोडिएका केही कुराहरु गरिन् । तर आफ्नो टुटेको वैवाहिक सम्वन्धबारे बोल्न चाहिनन् ।
कार्यक्रमलाई रोचक बनाउन मनिषासँग कपिलले एउटा खेल पनि खेले । उनले शाहरुख खान, सलमान खान र अमिर खान जस्ता सुपरस्टारको एब्स देखाएर मनिषालाई चिन्न लगाए । मनिषा आफ्ना सहकलाकारको सहयोगमा सबैलाई चिन्न सफल भइन् ।

अन्त्यमा शोका सदस्य किकु शारदाले मनिषाको फिल्म ‘१९४२ अ लभस्टोरी’ को चर्चित गीत ‘कुन छ कहो’ मा पर्फम गरिन् जसमा मनिषाले उनलाई साथ दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment