Comments Add Comment

यस वर्ष मनसुनमा कम वर्षा हुने

१३ जेठ, काठमाडौं । यस वर्षको मनसुनमा नेपालमा कम वर्षा हुने अनुमान गरिएको छ । वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरुको दसौं दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनको समयमा कम वर्षा हुने अनुमान गरेको हो ।

दक्षिण एसियाली दृष्टिकोण मञ्चले समग्र दक्षिण एसियाको मनसुनको हरेक वर्ष पूर्वानुमान गर्दै आएको छ ।

यस वर्ष पूर्वी, मध्य र पश्चिम नेपालमा औसत वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ शान्ति कँडेलले जानकारी दिइन् । तर, मध्य पश्चिम र सुदूरपश्चिममा औसतभन्दा कम वर्षा हुने अनुमान छ । विगत ३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment