Comments Add Comment

संसदको अवरोध हट्यो, नीति कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई दियो धन्यवाद

१३ जेठ, काठमाडौं । तीन दलबीच सहमति जुटेपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । सर्वोच्चको आन्तरिम आदेशअनुसार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकार सहमत भएपछि प्रमुख विपक्षी नेकपा एमाले संसद सुचारु गर्न सहमत भएको हो ।

दलहरुबीच सहमति जुटेपछि शनिबार बसेको संसदको पहिलो बैठकले सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद दिएको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार संसदमा उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । तर, स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेपछि सदनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत पास गर्न सकेको थिएन ।

लगातार दुई दिन संसद अवरुद्ध भयो । शुक्रबार सर्वोच्चले स्थानीय तहको संख्या बृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि दलहरुलाई सहमतिका लागि सजिलो भएको छ ।

अब सदनको अवरोध हटेको छ र सरकारको नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment