Comments Add Comment

शीर्ष बैठक निष्कर्षविहीन, चुनावमा सहभागी हुन राजपालाई प्रधानमन्त्रीको आग्रह

१४ जेठ, काठमाडौं । दोस्रो चरणको निर्वाचन तथा राष्ट्रिय जनता पार्टीको मागबारे छलफल गर्न बसेको प्रमुख दलहरुको बैठक सोमबार पनि विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री प्रचण्डको आहृवानमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र आन्दोलनरत राजपाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र दोस्रो निर्वाचनका नजिकै आएको भन्दै निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्न र चुनावमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गरेका छन् ।

राजपाका नेताहरुले आफ्नो मूख्य चासों प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेकोमा जोड दिए ।

उनीहरुले संविधान संशोधन विद्ययेक पारित हुने वातावरण बनाउन प्रमूख तीन दललाई आग्रह गरेका छन् । ‘हामीले चुनावमा सहभागी हुन चाहन्छौं, वातावरण बनाइदेउ भनेका छौं, राजपा नेता महेन्द्र राय यादवले अनलाइनखबरसँग भने, ‘तर, कुनै प्रगति भएको छैन ।’

आफूहरुको माग पुरा नभए राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी नहुने नेताहरुले बताएका छन् ।

छलफलमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विद्येयकलाई अघि बढाउन सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।

बैठकले सहमतिमै राष्ट्रिय समस्याको सम्बोधन गर्नुपर्ने निष्कर्षसहित सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ । अनौपचारिक छलफलपछि छिटै दलहरुको बैठक बसेर सहमतिमा पुग्न कोशिस गरिने पनि सल्लाहकार खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment