Comments Add Comment

मानपदवी नलिने प्रकाश दाहालको घोषणा

१५ जेठ, काठमाडौं । सर्वत्र आलोचना भएपछि प्रचण्ड पुत्र प्रकाश दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारले दिने भनिएको मानपदवी नलिने घोषणा गरेका छन् ।

सरकारले गणतन्त्र दिवस ०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ । जसमा दाहालको नाम चितवनका समाजसेवी भनेर सुप्रबल जनसेवाश्री पाउनेको सूचीमा उल्लेख छ ।

प्रचण्डपुत्रलाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने खबर आएपछि समाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।माओवादी नेताहरुले पनि आलोचना गरेका छन् ।

मानपदवीलाई लिएर आलोचना बढेपछि दाहालले मानपदवी नलिने बताएका छन् ।

सरकारको निर्णयप्रति आभार व्यक्त गर्दै दाहालले आफ्नो फेसबुकमा लेखेका छन्, ‘पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो । त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment