Comments Add Comment

सैनामैनामा सवारी दुर्घटना, २ को मृत्यु

७ असार, बुटवल । रुपन्देहीको सैनामैनामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट सैनामैना–६, दुधराक्षका २३ वर्षीया युवराज घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । घाइते गुल्मी मदाने–१, अग्लुङकी २९ वर्षीया सीता चन्दको भने उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको मुर्गिया प्रहरी चौकीले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस चालक रुकुमका युवराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment