Comments Add Comment

यस्तो स्कुल जहाँ शिक्षकले विद्यार्थीलाई ढोग्छन्

मान्यजन तथा गुरुवर्गको पाउ छुनु सम्मानको एउटा तरिका हो । बच्चाहरुलाई पनि यस्तै शिक्षा दिइन्छ । यसको बदलामा मान्यजनहरुले आशिर्वाद दिन्छन् । तर भारतमा एउटा यस्तो स्कुल छ जहाँ ठीक उल्टो हुन्छ, अर्थात् शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । मुम्बइस्थित एक स्कुलमा हरेक बिहान शिक्षकले विद्यार्थीको पाउ छुन्छन् ।

ऋषिकुल गुरुकुल विद्यालय नामको उक्त स्कुलमा यस्तो परम्परा रहेको छ । मानिसमै भगवान बसेको हुन्छ भन्ने मान्यताको आधारमा यस्तो परम्परा बसेको छ । बच्चालाई भगवानको रुपमा लिइन्छ र सोही कारण बच्चाको पाउ छुनु भगवानको पाउ छुनु बराबर हो ।
शिक्षकले विद्यार्थीको पाउ छुने प्रचलन सुरु गर्नाले विद्यार्थीहरुमा शिक्षकप्रति आदर बढ्ने विश्वासका साथ उक्त प्रथा सुरु गरिएको थियो ।

यो खासै ठूलो स्कुल पनि होइन र भाडामा लिइएको एक भवनमा संचालित छ । तर यो स्कुलको संस्कार चाहिँ दुनियामै नभएको छ । यहाँ विद्यार्थीलाई पढाउनका लागि पनि नयाँ–नयाँ तरिका अपनाइन्छ । सामन्य स्कुल भए पनि बालबालिकालाई संस्कार सिकाउने मामिलामा अब्बल छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment