Comments Add Comment

पोखरामा अायोजित व्यापार मेलाबाट करिव २९ लाख बचत

सन्देश श्रेष्ठ


९ असार, पोखरा । गत मंसिर महिनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिव २९ लाख रुपैयाँ बचत भएको छ ।

मेला आयोजक पोखरा उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण खर्च कटाएर २८ लाख ७८ हजार ८ सय ७३ रुपैयाँ बचत भएको जानकारी दिएको हो ।

मेलामा भएको मुख्य प्रायोजक, प्रायोजक, टिकट बिक्री तथा स्टल भाडाबाट १ करोड २४ लाख ५४ हजार ७ सय १० रुपैयाँ आम्दानी भएको र मेला सञ्चालनका लागि ९३ लाख ५१ हजार ८ सय २० रुपैयाँ खर्च भएको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

यसैबीच, संघले मेलाबाट बचत भएको रकम व्यवसायीक वातावरण निर्माण तथा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेको छ ।

संघका अध्यक्ष पालिखेका अनुसार संघले हाल पोखरामा सोलार लाइट जडान गर्ने क्रममा सडकको डिभाइडर बनाउन तथा पोखराको खानेपानीको मुहान क्षेत्रमा शवदाह गृह, शौचालय तथा लुगा धुने ठाउँ बनाउने कार्यमा लगानी गरेको छ ।

पत्रकार सम्मेलनमा संघका महासचिव दामु अधिकारीले आउँदो मंसिर १४ गतेदेखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ आयोजना गर्ने निर्णय भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment