Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः दौडधुपमा शीर्ष नेतृत्व

११ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेतृत्वले सक्रियता ह्वात्तै बढाएका छन् । पहिलो चरणको स्थानीय चनुावमा खासै सक्रिय नबनेका शीर्ष नेता यसपटक पार्टीको पक्षमा माहोल बनाउन लागिपरेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । आज प्रकाशित पत्रपत्रिकाहरुले चुनावसँग सम्बन्धित सामग्रीहरु नै प्राथमिकतामा पारेका छन् ।

रिक्त हुन लागेको मुख्य सचिवमा आउन सक्ने सम्भावित अनुहारहरुबारे पनि पत्रिकामा चर्चा छ ।

नयाँ पत्रिका दैनिकले साउन १ गतेदेखि मुख्य सचिव डा. सोमलाल सुवेदी एडीबीमा हाजिर हुन लागेको उल्लेख गर्दै अबको मुख्य सचिवको सम्भावित अनुहारहरुबारे चर्चा गरेको छ । ९८ वर्षका वृद्ध वडाध्यक्षका उम्मेदवार बनेको अर्को रमाइलोलाई पनि नयाँ पत्रिकाले छापेको छ । ८० कटेका वृद्ध उम्मेदवारको संख्या ५१ रहेको पत्रिकाले लेखेको छ । नयाँ पत्रिकामै पूर्वआईजीपीहरुलाई जेलको भुइँतलामा राखिएको खबर छ ।

गोरखापत्र दैनिकले शीर्ष नेता चुनावी प्रचारमा सक्रिय रहेको लेखेको छ । मतदाता परिचयपत्र वितरण आयोगले आजदेखि गर्न लागेको खबरलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

‘जोगिएला देउवाको साख ?’ शीर्षक दिएर अन्नपूर्ण पोस्ट दैनिकले डडेल्धुराको चनावी विश्लेषण पहिलो पृष्ठमा छापेको छ । पञ्चेश्वर बनाउन देउवाले गरेको प्रतिबद्धता, नमूना कानू्रन तयार भएकोलगायतका खबर अन्नपूर्णको पहिलो पृष्ठमा छन् ।

कान्तिपुर दैनिकले ‘जुम्ल्याहा उपमहानगरमा प्रतिष्ठाको लडाइँ’ शीर्षक दिएर दाङको चुनावी अवस्थाबारे लेखेको छ ।

निर्वाचन बहिष्कारको पक्षमा देखिएको राजपा नेता नै आफ्ना पक्षका उम्मेदवारलाई मतमाग्दै घरदैलोमा पुगेको नागरिकले लेखेको छ । राजधानी दैनिकले गाउँ–नगरका कार्यालय पालमुनिबाट चलेकोलगायत खबर आज छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment