Comments Add Comment

उम्मेदवारको दैनिक खर्च ७० हजारसम्म !


११ असार, काठमाडौं । निर्वाचन पर्यवेक्षणमा संलग्न तीन संस्थाले स्थानीय चुनाव भड्किलो एवं खर्चिलो भएको बताउको छ । उसका अनुसार अधिकांश उम्मेदवारको खर्च दैनिक ७० हजार सम्म पुगेको देखिएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प)का अनुसार प्रचार-सामग्रीको भड्किलो प्रयोग तथा प्रचार-प्रसारको असामान्य शैलीले निर्वाचन खर्चमा तोकिएको हदवन्दी तोडिएको छ । यसबाट विपन्न, अनुसाशित, इमान्दार उम्मेद्वार र खासगरी दलित र महिलाहरू प्रतिष्पर्धाको दौडमा ओझेलमा परेका उनीहरुको ठहर छ ।

तीन संस्थाले भनेका छन्, अधिकांश उम्मेदवारहरुले आर्थिम सीमा नाघी गाडी, मोटरसाइकल, बालबालिका, झण्डा, गन्जी, भोजभत्तेर खर्चमा प्रति दिन ७० हजारसम्म खर्च गरेको जानकारी प्राप्त भएको छ ।’ तराईको अधिकांश जिल्लामा भारतीय प्लेटका गाडी प्रयोग गरी र्‍यालीको आयोजना गरिएको तथा घरको छतमा दलको झण्डा राख्न बाध्य पारिएको उनीहरुले बताएका छन् ।

नियोकले ३५ जिल्लाका सम्पुर्ण स्थानीय तहमा जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरबाट तालिम प्राप्त पर्यवेक्षकहरू परिचालन गर्ने बताएको छ । साथै संवेदनशील मतदान केन्द्रहरूलाई मध्यनजर गरी घुम्ती पर्यवेक्षण टोलीको अलावा निर्वाचन विज्ञ सम्मिलित विशिष्ट पर्यवेक्षकहरूको समूह समेत सम्भावित तनावग्रस्त ठानिएका मतदान केन्द्रहरूमा परिचालन गरिने उसले बताएको छ ।

जियोकले १२ जिल्लामा ३५० जना स्थानीय तह, जिल्ला तथा केन्द्रीयस्तरबाट तालिम प्राप्त पर्यवेक्षकहरू परिचालन गरिने बताएको छ । संकल्पले २२ जिल्लामा पर्यवेक्षण गर्ने भएको छ । प्रत्येक जिल्लामा घुम्ती पर्यवेक्षण टोलीको समेत व्यवस्था गरिएको उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment