Comments Add Comment

जर्मन मिडियाको दाबीः विश्वकप कतारमा गर्ने निर्णय गर्दा भ्रष्टाचार भयो

१३ असार, काठमाडौं ।सन् २०२२ मा विश्वकप फुटबलको आयोजना कतार गर्न ठूलो भ्रष्टाचार भएको जर्मन मिडियाले दाबी गरेको छ ।

जर्मनीको बिल्ड समाचारपत्रको दाबी छ कि उसले फिफाका स्वतन्त्र न्यायिक जाँचकर्ता माइकल गार्सियाले २०१४ मा तयार पारेको प्रतिवेदन फेला पारेको छ । बिल्डले पाएको प्रतिवेदनमा फिफाका एक अधिकारीकी १० वर्षीया छोरीको खातामा २ मिलियन डलर ट्रान्सफर गरिएको विवरणसमेत सामेल छ ।

विश्वकपका लागि विडिङ प्रक्रियाबारेको प्रतिवेदन बिरोधका बीच हस्तान्तरण गरेपछि गार्सियाले २०१४ को डिसेम्बरमा फिफा छाडेका थिए । अमेरिकी वकिलले नेतृत्वको अभावको आरोप लगाउँदै फिफा छाडेको बताएका छन् र, उनले आफ्नो रिपोर्ट कानूनी प्रक्रिया पूरा गरी प्रकाशित गर्न अखबारलाई अनुमति दिएका छन् ।

प्रतिवेदनभित्रको ४२ पेजको संस्करणमा कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णयमा भएको भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरिएको दाबी छ । विल्ड अखवारले भनेको छ कि मंगलबार गार्सियाको ४०३ पेज लामो पूरै प्रतिवेदन प्रकाशित गर्नेछ ।

गार्सियाको रिपोर्टमा मूख्यत दुई कुरा रहेको दाबी पत्रिकाको छ ।

१. २०१८ र २०२२ को विश्वकप आयोजनाको अधिकार प्रत्यायोजनका लागि मतदान हुनुभन्दा केहि समयअघि फिफाका तीन कार्यकारी सदस्य कतारी फुटबल फेडेरेसनले उपलब्ध गराएको निजी जेटमा पार्टीका लागि रियो दि जेनेरियो प्रस्थान गरेका थिए ।

२. कतारको अस्पायर एकेडेमीले मतदानको अधिकार रहेका फिफा सदस्य मुलुकमा हेरफेर गरी निर्णायक तरिकाबाट फसाइएको थियो ।

गार्सियाका प्रतिवेदन पाएको दाबी गर्ने बिल्डका पत्रकार पिटर रोसवर्गले फेसबुक पोष्टमार्फत भनेका छन् कि, ‘यो प्रतिवेदनले प्रमाणित गर्दैर्न कि २०१८ र २०२२ को विश्वकप खरिदबिक्री भएको थियो ।’

नौ आकांक्षी मुलुकलाई पछि पार्दै कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल आयोजनाको अख्तियारी सन् २०१० मा पाएको थियो । त्यही समयमा सन् २०१८ मा रुशले विश्वकप आयोजना गर्ने निश्चित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment