१६ जुलाई, यूएई । सिर्जना वाचन डबलीको सातौं शृंङ्खला अबुधाबीमा सम्पन्न भएको छ ।
अबुधाबीको फेब्रेट्स रेस्टुरेन्टमा आयोजना भएको कार्यक्रममा युएईका ४५ जना साहित्यानुरागीहरुले आआफ्नो रचनावाचन गरी आदिकवि भानुभक्त आचार्यको सम्झना पनि गरेका छन् ।
हरेक दुई महिनामा विभिन्न सहरमा पालैपालो आयोजना हुने कार्यक्रमको सातौं शृंङ्खलामा यसपालि नेपाली दूतावास काकार्यवाहक राजदूत नेत्रबहादुर टण्डन उपस्थित भएर साहित्यानुरागीहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए ।
सिर्जना वाचन डबलीको सातौं शृंखलामा ४५ जना सर्जकहरुका रचनालाई करिब ८० जनाले श्रवण गरेर उल्लासमय वातावरणमा २०४ औं भानुजयन्ती मनाएका थिए ।
राजदुत टन्डनले नेपाली साहित्यमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै प्रवासमा भानुको सम्झना गरेकोमा आयोजकलाई धन्यवाद प्रकट गरेका थिए ।
संरक्षक टंक गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण नवराज क्षितिजले गरेका थिए ।
यसै कार्यक्रममा गजलकार जे.सागरको गजल संग्रह ‘यत्तिभए पुग्छ’को लोकार्पण राजदूत टण्डनले गरेका थिए ।
गजलकार जे सागर विगत लामो समयदेखि प्रवासमा रहेर साहित्यको गजल विधामा कलम चलाउने हस्ती हुन् ।
सरलतामा गहन शब्दको प्रवेश गराई कमल चलाई रहेका गजलकारको स्थायी घर काभ्रे हो ।