बुधबार, ४ असोज, २०७४
OnlineKhabar.com

भूकम्प पीडितले एक घण्टामै ट्याक्सी बेचे

अनलाइनखबर

२ साउन, काठमाडौं । भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन् । गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन् ।

यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन् ।

यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो । यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन् । जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ ।
भूकम्प पीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ । बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौं बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन् । घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ । उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

२०७४ साउन २ गते ६:०० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • Mukhale लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ८:४०

    Bhanna ta nahune ho tara dherai jasho pidit nai chhainan pidit ko nam ma thagne haru dherai chhan,Udaharan ko lagi pahilo kista ko rakam lier ghar ko jag pani nahalne ani chhapro mai pani sabaiko haat ma smart phone ra LED tv ani dish joder bashi rahe ka chhan,pidit ko naam ma nakkali dherai chhan.Sarkar le chhanbin gari karwahi garnu parchha aba.

    0
    0
    Share

  • Banti लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ९:०२

    Kasto government hola afnai karyalaya ma pani samanya garnanasakeko – sabai ghus le chaleko desh ma aru k nai ash garna sakinchan.

    0
    0
    Share

  • ईन्द्रेणी लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ९:१३

    सरकारको निर्णयलाई झापड हो र केही हदसम्म भूकम्प पीडितहरुको बेवकुफी पनि हो ।

    0
    0
    Share

  • jit Thakuri लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १३:५१

    Bhok Ma Pani Khyar Hunchha Ra//

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this