Comments Add Comment

दार्चुलाका तीन गाउँपालिकामा ग्रामीण विद्युतीकरण गर्न ताकेता

६ साउन, दार्चुला । दार्चुलाका तीन गाउँपालिकामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न ऊर्जा मन्त्रालयले ताकेता गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई बुधबार पत्र लेख्दै मन्त्रालयले दार्चुलाको मार्मा, नौगाढ र अपिहिमाल गाउँपालिकामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न ताकेता गरेको हो ।

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले मन्त्रालयलमा ग्रामीण विद्युतीकण कार्यक्रम अन्तर्गत उक्त तीन गाउँपालिकामा कार्यक्रम लागू गर्न अनुरोध गरेका थिए । त्यसपछि बुधबार मन्त्रालयले सांसद ठगुन्ना कै निवेदनलाई उल्लेख गर्दै विद्युतीकरण कार्यक्रम लागू गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको हो ।

मन्त्रालयले ताकेता गरेपछि प्राधिकरणले उक्त क्षेत्रमा विद्युतीकरण कार्यक्रम लागू गर्ने सांसद ठगुन्नाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment