Comments Add Comment

बस र मोटरसाइकल ठोक्किंदा २ को मृत्यु, एक गम्भीर

८ साउन, कैलाली । बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

धनगढीबाट फूलवारी तर्फ जाँदै गरेको तीन जना सवार से १ प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से १ ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका-१५ कनरीमा एकआपसमा ठोक्किदा थिए ।

दुर्घटनामा गौरिगंगा नगरपालिका-११ का ३० वर्षीय दिपेन्द्र चौधरी र कैलारी गाउँपालिका-८ का २७ वर्षीय वीरबहादुर चौधरीको सेती अञ्चल अस्पतालमा पुर्‍याइए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिए ।

गम्भीर घाइते थापापुर बस्ने आशिष चौधरीलाई थप उपचारका लागि भारतको लखउन रिफर गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक कैलारी गाउँपालिका ५ का ५० वर्षीय मंगलप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment