Comments Add Comment

मन्त्रिपरिषद् विस्तार कांग्रेस केन्द्रीय समिति बैठक लगत्तैः डा. महत

बोल्ने क्रम जारी रहेकाले बैठक भोलिसम्म लम्बिन सक्ने

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

‘स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली का)ग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ डा. महतले भने ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सकेको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली कांग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा प्रधानमन्त्री रहेको जानकारी डा. महतले दिए ।

नेता डा. महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको पनि स्पष्ट पारे ।

‘प्रधानमन्त्रीले तयारी गरिसक्नुभएको छ, केन्द्रीय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ, यसमा अन्यथा मान्नुपर्ने केही छैन,’ डा. महतले भने ।

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले बैठक आजै वा भोलिसम्ममा सकिने पनि उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment