Comments Add Comment

साढे २ करोड बढी रकमको बैंकिङ कसुरमा १६ जना बिरुद्ध मुद्धा दायर

ढुकुटी र मिटरब्याज भुक्तानीको लागि चेक प्रयोग भएको आशंका

१० साउन, कैलाली । गत आर्थिक वर्ष २०७३/०७४ मा १२ र यो आर्थिक वर्षको पहिलो सातामा कैलालीमा बैकिङ कसुरका ४ गरी १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कार्यालयले बैंकिङ कसुरमा दर्ता भएका मुद्दामा करीव २ करोड ५५ लाख रुपैयाँ रहेको जनाएको छ ।

चेक बाउन्सका घटनापछि बैकिङ कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

यसअन्तर्गत कल्पना जोशीको ७ लाख २९ हजारको चेक बाउन्स भएपछि उजुरीको आधारमा मञ्जु बम, रेखा अधिकारीको १४ लाखको चेक वाउन्स भएपछि उजुरीका आधारमा कविता चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनले बैंकिङ कसुर अन्तर्गत चेक बाउन्स गर्नेमा सबैभन्दा धेरै गुनासा निलम पनेरुको नाममा आएको जानकारी दिए । निलमले कुल ९० लाख ९० हजार रुपैयाको विभिन्न बैंकको चेक भुक्तानीको लागि बिभिन्न व्यक्तिको नाममा जारी गरेको चेक नसाटिएपछि उजुरीको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी बुढामगरले जानकारी दिए ।

निलमले गोपाल खरेललाई ६ लाख, गीताकुमारी खरेललाई १० लाख, दीपमाला रोकाया ऐरीलाई २२ लाख ७५ हजार, रीता न्यौपानेलाई २० लाख, दीपा कुमारी चन्दलाई ७ लाख ७० हजार, सगुन घिमिरेलाई १४ लाख ४५ हजार र हेमराज उपाध्यायलाई १० लाखको चेक जारी गरेकी थिइन ।

त्यस्तै प्रेमबहादुर शाहीले ईश्वरी चन्दलाई दिनुपर्ने ३२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएपछि शाहीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकोे छ ।

यसैगरी हृदय अधिकारी र देवेन्द्र हमालको उजुरीका आधारमा प्रहरीले खगेन्द्र ठकुन्नालाई समेत नियन्त्रणमा लिएको छ । खगेन्द्रले अधिकारीलाई १ लाख ५३ हजार ६ सय ९ र हमाललाई ३ लाख १३ हजार ८ सय ८० रुपैयाँको चेक दिएका थिए तर त्यो चेक नसाटिएपछि उजुरीका आधारमा प्रहरीले ठगुन्नालाई यिन्त्रणमा लिएको हो ।

त्यस्तै, पछिल्लो पटक कैलालीमा अवैध रुपमा फस्टाउँदै गएको ढुकुटी र मिटरब्याजका कारोबारीहरुको विरुद्दमा बैंकिङ कसूर अन्तगर्त धेरै मुद्दा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिए ।

गत माघ २९ गते धनगढीमा शाखा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएमबाट बैंककै कर्मचारीले २३ लाख ४४ हजार रुपैयाँ झिकेको र राष्ट्रिय बाणिज्य बैंकबाट गोदावरी नगरपालिका १३ बस्ने कपिल बिष्टले अर्काको चेक चोरी गरेर ८ लाख ३५ हजार रुपैया झिकेको बाहेकका अन्य सबै मुद्दाहरु ढुकुटी र मिटरब्याजका हुनसक्ने उनले बताए ।

चेक बाउन्सको मुद्दामा केहि समय अघि पक्राउ परेका धनगढी उपमहानगरपालिका–१८ फुलवारीका लक्ष्मी प्रसाद देवकोटाले ६७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनलाई शेष मुनिर अहमदले २१ लाख ५० हजार र नरेश कुँवरले ४५ लाख ५० हजार रुपैयाँको पैसा नभएको चेक दिएपछि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment