Comments Add Comment

छाउपडी प्रथाविरुद्धका अभियन्ता नै फर्किए छाउगोठ, सेलायो अभियान

११ साउन, काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमाकला विक छाउपडी (रजश्वला) बार्ने चलनविरुद्धको अभियामनमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमाकला नै छाउ गोठमा सुत्न बाध्य छिन् ।

गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् ।

‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे,’ उनी भन्छिन्, ‘त्इसबेला गाउँका सबै चुप भए, हामीले घर घरमा पुगेर छाउगोठ भत्कायौं । अहिले अभियान हरायो, एक्लै प्रतिवाद गर्न सक्ने अवस्था छैन ।’

धार्मिक अन्धविश्वासका कारण गाउँलेले फेरि छाउगोठ ठड्याउन थालेको उनी बताउँछिन् ।

उमाकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेकाहरु नै अहिले छाउगोठमा जान बाध्य छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment