+
+

एनएमबि बैंकको पूर्ण स्वचालित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ११ गते १७:५२


११ साउन, काठमाडौं । एनएमबि बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा सुरु गर्न सिङ्गापुरस्थित सेवा प्रदायक कम्पनी-बैंक जिनी सँग सम्झौता गरेको छ ।

यस सम्झौता अनुरूप एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ ।

बैंकको तर्फ बाट बिज्ञप्ती जारी गर्दै प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी ले, एनएमबी बैंक बैंकिङ क्षेत्रमान नविनतम् सेवा पुर्‍याउनमा विश्वास गर्ने बैंक भएको र यस सेवाले बैंक लाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउनुको साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज गराउने कुरामा विश्वस्त रहेको जानकारी दिए ।

सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृतद्वय सुनिल केसी (एनएमबि बैंक) तथा रामकुमार शर्मा -बैंक जिनी) ले दस्तखत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?