+
+
Shares
कविता :

भित्ताका पनि कान हुन्छन् रे

टीकादेवी पोखरेल टीकादेवी पोखरेल
२०८० भदौ १५ गते १७:५१

दुईटा बात मार्नु थियो

फुर्सदमा कोही छैन

उमेरले धुरी चढ्दै जाँदा

झिनामसिना कुरा गर्न मन लाग्दा

आफन्तहरूसँग समय खोई त ?

एक्लै आफैंसँग बात मार्नुपर्छ बोल्दै

नत्र मनमनै मन पनि मन पराउँदैन

आफैंसँग बात मार्न

अरूहरूसँग आनन्द मान्दै बोल्ने ओठहरू

कलेटी पारेर बसेका छन्

बरू बात नमार्ने रे आफैंसँग

भित्ताका पनि कान हुन्छन् रे

नत्र भए एक्लै हुन्थे क्यारे

एक समयमा जुन प्रायः सबैको आउँछ

आजकाल भित्तासँग दुई बात मार्छु

पक्कै सुन्छ तर प्रतिक्रिया दिंदैन

नदिएको पनि ठीकै होला

मौनता ?

समर्थन हो कि विरोध ?

छुट्याउनु साथै तर्क गर्न परेन

बुझिदिए भईगो नि

भित्ताका पनि कान हुन्छन् रे

बाह्र छोरा तेह्र नाति

दुईटा बात मार्न खोई साथी

परिस्थिति धेरैको यस्तै मिल्ने

साथी अधिकांशको भित्तै मिल्ने

निर्धक्क प्रकट गर्दा दुःख पीडा खुसी

सुन्ने बुझ्ने त्यही साथी हो नि

सबैभन्दा ऊ नै माथि हो नि

भित्ताका पनि कान हुन्छन् रे

भित्ताको जिम्मेवारी ठूलो हुन्छ

हावापानी घाममा ओत दिन्छ

सुरक्षा अनि मिल्ने साथी पनि

ऊसँगको आत्मीयता औधी छ नि

नत्र भए एक्लै हुने

जेष्ठ नागरिकका पीडाले मन छुने

सँगैसँगै जिउने छुटेपछि साथ

भित्तै रहेछ अन्तिमसम्मको साथ

सबै कुरा बुझ्ने सुन्ने निर्जीव मित्र

हृदयङ्गम गर्दा महत्त्व विचित्र

दुईटा बात सुन्न मन छ आमाका

दुईटा बात मार्न मन छ बासँग

तर समयले टाढा पुर्‍याइसक्यो सब

जुनबेला सुन्ने  इच्छा धैर्यता थिएन

अहिले सबैकुरा समयले सुन्न दिएन

सबैका कुरा भित्तैले सुन्छन् रे

भित्ताका पनि कान हुन्छन् रे ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?