+
+

जलवायु परिवर्तनले परेको असरको क्षतिपूर्ति लिन पहल गरौं : वनमन्त्री महतो

काठमाडौंमा पृथ्वी जोगाउने चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते २१:००

१५ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै संघ संस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने बताएका छन् ।

‘द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप फर जेण्डर रेस्पोन्सिभ एक्सन’ शीर्षकमा आयोजित जलवायु सम्मलेनमा बोल्दै वनमन्त्री महतोले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले लवायु परिवर्तन सम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप—२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी गराए ।

उन भने, ‘विगमा जलवायु सम्मेलनलाई गोष्ठी र विदेश भ्रमणको रुपमा बढी केन्द्रित गरेको पाइयो । तर, आगामी कोप-२८ मा सरकारले व्यापक तयारी गरेको छ, यसपाली पहिलो पटक एक लाख अमेरिकी डलर खर्चमा आफ्नै ‘पेभिलियन’ (वृहत मण्डला) राख्ने निश्चित भइसकेको छ । त्यसमा नेपालका मुद्दा बारे प्रदर्शन गरिनेछ । नेपालका हिमाल र नेपालले गरेका कामहरुबारे त्यहाँ जानकारी गराइने छ ।’

कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले उनले हिमाल, पहाड र तराईका सबैतिर जलवायुले असर गरिरहेको र यसको मुख्य जोखिममा महिला, बालबालिका परिरहेको बताइन् ।

उनले भनिन्, ‘युवाहरुले यसको जोखिम न्युनिकरणका लागि काम गर्नुपर्ने र महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुमा परेको असरलाई सम्बोधन गर्नुपर्छ । हामीले प्रकृतिलाई प्रेम गर्नुपर्छ भन्ने कुरालाई पछिल्लो पुस्तालाई सिकाउनुपर्छ ।’

आयोजक संस्था अध्यक्ष प्रजिता कार्कीले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै अहिले हाम्रो काँधमा भविष्यको पुस्ताको लागि बस्न योग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी आएको बताइन् । उनले जलवायु परिवर्तनको असरले गम्भीर असर परिरहेको भन्दै यसलाई सबै मिलेर जोगाउने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

‘अबको केही महिनामा नै नेताहरु कोप-२८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भेला हुँदैछन् । हामीले जलवायु परिवर्तनको असरको बारेमा नीतिगत निमार्ण गर्ने केन्द्र तहदेखि स्थानीय तहसम्मका काममा निरन्तर समन्वय गरिरहेका छु’  उनले भनिन्।

यस्तै यूएन वुमन नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज् नेपाल सरकारले समावेशीताका लागि चालेका कदमहरु महत्वपूर्ण भएको बताइन् । उनले भनिन्, ‘जलवायु परिवर्तन कम गर्न नेपालको पहल निकै महत्वपूर्ण छ । नेपाल सरकारसँग मिलेर हामीले जलवायुको असरले महिला तथा जोखिममा परेका समुदायका समस्या सम्बोधनमा काम गर्न इच्छुक छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?