
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. वीरेन्द्रप्रसाद महतोले समावेशी विकास र सामाजिक न्यायको आवश्यकतालाई जोड दिएका छन् ।
- उनले सरकारी, सार्वजनिक र निजी क्षेत्रबीच उचित समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
- महतोले बजेट अनुशासन, रोजगारी र आर्थिक अनुशासन कायम गर्न सरकारलाई सुझाव दिएका छन् ।
३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले समावेशी विकास अहिलेको आवश्यकता रहेको बताएका छन् ।
समावेशी विकास र सामाजिक न्याय कायम नगरेसम्म लोककल्याणकारी राज्य निर्माण हुन नसक्ने उनको भनाइ छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘लोककल्याणकारी राज्य निर्माणको रटान धेरै वर्षदेखि लगाउँदै आइरहेको छ, तर समावेशी विकास र सामाजिक न्याय कायम गर्ने कुरामा अहिलेसम्म ध्यान दिइएको थिएन । यसपटक सरकारले त्यसतर्फ ध्यान दियोस्,’उनले भने ।
आम नागरिकलाई विकासको लाभमा पहुँच सुनिश्चित गरिनुपर्ने उनको जोड छ । उनले सन्तुलित विकासका लागि तीन तहका सरकारबीच उचित समन्वयको अभाव रहेको पनि औंल्याए । सरकारी, सार्वजनिक र निजी क्षेत्रबीच उचित समन्वय र सहकार्य हुँदामात्रै देशमा सन्तुलित विकास हुने उनको धारणा छ ।
उनले डिजिल नेपाल निर्माणका लागि केही कानुनी झन्झट रहेको भन्दै त्यो हटाउनका लागि पनि सरकारलाई सुझाव दिएका छन् ।
महतोले सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासनमा पनि विशेष ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
उनले वर्षौंदेखि देशमै रोजगारीको वातावरण बनाउने कुरा विगतदेखिका सरकारले गर्दै आएकोमा यसपटकको बजेटले त्यसको सुनिश्चित्ता गर्नुपर्ने बताए ।
नेपाललाई सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति र सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न आवश्यक तयारी गरिने भनेर सरकारले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै महतोले अहिले अर्थतन्त्रमा देखिएको समस्याको चुरो पत्ता लगाई आर्थिक अनुशासन कायम गरिनुपर्ने पनि सुझाव दिए ।
प्रतिक्रिया 4