+
+

लोडसेडिङको बिरोधमा स्थानीयको प्रदर्शन, प्रहरीसँगको झडपमा १५ घाइते

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ साउन १७ गते १४:१७

१७ साउन, बुटवल । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै स्थानीय बिरोधमा उत्रिएपछि रुपन्देहीको मंगलापुर क्षेत्र तनावग्रस्त बनेको छ ।

लोडसेडिङको बिरोधमा मंगलापुरका जनताले बुटवल-भैरहवा सडक खण्ड बन्द गराएपछि खुलाउन पुगेको प्रहरीसँग झडप भएको थियो ।

झडपमा ४ प्रहरी र १५ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सवारीसाधन तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्नुका साथै अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले अनलाइनखबरलाई बताए । अहिले सडक खुलाउने प्रयास भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?