१ भदौ, काठमाडौं । बैदेशिक रोजगार ठगी मुद्दामा सजायको फैसला पाएका फरार अपराधीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
बैदेशिक रोजगार न्यायाधीकरण समितिद्वारा २०७१ सालमा २ वर्ष बैद र २ लाख जरिवाना तोकिए पनि सजाय भुक्तान नगरी फरार भएका ललितपुर महानगरपालिकाका ३२ वर्षीय शतिसमान न्याछयोलाई ब्यूरोले कालीमाटीबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई सजाय भुक्तानीका लागि नख्खु कारगार पठाइएको प्रहरीले जनाएको छ ।
न्याछयोले एस कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर नामक दर्ता नगरिएको संस्थाबाट मोरिसस, अफगानिस्तान, ताजानिया, इराक, दक्षिण अफि्रका लगायतका मुलुक पठाइदिने भन्दै आकर्षक तलवको प्रलोभन देखाएर १५ जनाबाट ५७ लाख ५१ हजार ठगी गरेका थिए ।
ठगी गरेको रकममा ५० प्रतिशत हर्जनासमेत अशुल गरी ८५ लाख ६६ हजार ५०० पीडितलाई उपलब्ध गराउन बैलेशिक रोजगार न्यायाधीकरण समितिले फैसला गरेको थियो ।