Comments Add Comment

नयाँ शक्तिबाट विद्रोह गरेका ‘१५ भाइ’ र माओवादी केन्द्रको एकता केही दिनमै

देवेन्द्र पौडेल

३ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका ‘१५ भाइ’ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । सम्भवत आगामी साता पार्टी एकताको घोषणा हुनेछ ।

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले वृहत ध्रवीकरण संयोजन समिति गठन गरेका थिए । यो समिति र माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा र वर्षमान पुन अनन्तको टोलीबीच शनिबार भएको वार्तामा पार्टी एकताको सहमति जुटेको छ ।

सैद्धान्तिक विषयमा भोलि छलफल हुनेछ भने जिम्मेवारीबारे शीर्ष नेतृत्वले निर्णय लिनेछ । वार्तामा सहभागी एक नेताले भने, ‘नयाँ शक्तिले उठाएको ‘५ स’ र प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई कसरी सम्बोधन गर्ने भन्ने भोलि छलफल हुनेछ ।’

लगतै पार्टी एकता हुनेछ । भदाैं ६ गतेसम्म पार्टी एकता गरिसक्ने नेताहरुको तयारी छ ।

नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको वार्ता प्रक्रिया असफल भएलगतै पौडेल समूहले ध्रुवीकरणको अभियान थालेको थियो । यो समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डामा सहमत शक्तिहरुबीच मोर्चाबन्दी गर्ने प्रस्ताव राखेको थियो । तर, डा. भट्टराई सहमत भएनन् ।

लगतै यो समूहले पूर्व माओवादीहरुसहितको ध्रवीकरण अभियान चलाएपछि भट्टराईले स्पष्टिकरण सोधे । यससँगै बिच्किएको पौडेल समूहले पार्टीमा विद्रोह गरेर बृहत ध्रुवीकरण संयोजन समिति गठन गरेपछि नयाँ शक्तिमा फुट आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment