Comments Add Comment

एनआरएन आयरल्याण्डको अध्यक्षमा कोइराला निर्विरोध

२३ अगस्ट, आयरल्याण्ड । गैरआवासीय नेपाली संघ, आयरल्याण्डको अध्यक्षमा नवराज कोइराला निर्विरोध छानिएका छन् । आयरल्याण्डको राजधानी डब्लिन स्थित टिचर्स हलमा सम्पन्न संघको छैंठौ महाधिवेशनबाट उनी अध्यक्षमा छानिएका हुन् ।

अध्यक्षमा सर्वसम्मत भएपनि मतदान प्रक्रियामार्फत दुई उपाध्यक्ष्य र चार सदस्य छानिएका छन् ।

एनआरएन आइसीसी सदस्यमा राजन काफ्ले, उपाध्यक्ष्यमा अन्तिम उप्रेती र लोक त्रिपाठी विजयी भएका छन् । महिला उपाध्यक्ष्यमा चन्द्रकला निरौला निर्वाचित भएकी छन् भने महासचिवमा उज्ज्वल ह्योम्बा, प्रवक्तामा मुकुन्द भुसाल, सचिवमा विवेकराज सापकोटा चुनिए ।

सपथ ग्रहण कार्यक्रमपछि सभालाई सम्बोधन गर्दै नव निवनिर्वाचित अध्यक्ष कोइरालाले अन्तर्राष्ट्रिय समन्वय परिषदसँग सहकार्य गर्दै नेपाल र नेपालीको बृहत्तर हितका काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment