Comments Add Comment

ओखलढुंगामा युवा उद्यमीसँग विनाधितो ऋण सम्झौता

२८ भदौ, ओखलढुंगा । जिल्ला युवा समिति ओखलढुंगाले दुई युवासँग विनाधितो ब्याजअनुदानमा ऋण सम्झौता गरेको छ ।

व्याज अनुदानसहित बिनाधितो ऋण पाउनेमा मोलुङ गाउँपालिकाको रागादिप कुखुरा फर्म र चम्पादेवी गाउँपालिका ८ को चम्पादेवी पशुपालन कृषक समूह छन् ।

दुवै समूहले स्थानीय सूर्योदय सहकारीबाट ५ लाखका दरले विनाधितो ऋण पाउने छन् ।

युवा उद्यमीलाई विनाधितो ब्याजअनुदानमा ऋण लगानी गर्ने राष्ट्रिय युवा परिषदको नीतिअनुसार सम्झौता गरिएको जिल्ला युवा समितिका अध्यक्ष सुधीर कार्कीले बताए । कार्कीका अनुसार सरकारले व्याजअनुदान दिने र स्थानीय सहकारीले ऋण उपलब्ध गराउने गरी सहकारी, समिति र युवा समूहबीच सम्झौता गरिएको छ ।

एक निर्वाचन क्षेत्रबाट एकजना गरी ओखलढुंगाबाट दुई युवाहरुले संचालन गरेको उद्यम वा फर्मलाई आवेदन आहृवान गरेर छनौट गरी ऋण सम्झौता गरिएको हो ।

विनाधितोको व्याजअनुदानसहितको ऋण पाउँदा आफ्नो व्यवसाय बढाउन महत्वपूर्ण योगदान पुगेको रागादिप कुखुरा फर्मका सञ्चालक अमृत राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment